यी ९ कारण अमेरिकामा कोरोनाले मच्चायाे ताण्डव, बन्याे महामारीकाे केन्द्र

कोरोना भाइरसले अहिले विश्वव्यापी रूपमै महामारीको रूप लिएको छ । चीनबाट सुरु भएको भनिएको यस भाइरसबाट अहिले अमेरिका सबै भन्दा बढी प्रताडित रहेको छ । अमेरिकामा हाल सम्म ४० हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ७ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिसकेको छ ।
चीनमा डिसेम्बरको अन्त्य तिर सुरु भएको यस भाइरस अमेरिकामा जनवरी १९ मा मात्रै देखा परेको थियो । त्यस पश्चात् यो बिस्तारै अन्य देशहरूमा देखा पर्न थाल्यो यो सबै घटनालाई अमेरिकाले नियालिरहेको थियो । यदपी अमेरिका सँग यस भाइरसलाइ राेक्न प्रर्याप्त समय, श्रोत र साधनका बीच सबै भन्दा बढी प्रताडित हुनुका पछाडि थुप्रै कारण हरू छन् ।
यी ९ कारण अमेरिकामा कोरोना भाइरसको प्रभाव तथा संक्रमण धरै मानिसहरू सँग भयो ।
१) कोरोना भाइरसको पहिलो केश जनवरी १९ मा अमेरिकाको वाशिंगटनमा देखिएको थियो । त्यस अघि पहिलो घटना चीनको वुहानमा भएको थियो। यस पछि अमेरिकाका अन्य राज्यहरूमा लगातार देखा पर्न थाल्यो। यसको बावजादुलाई अमेरिकी प्रशासनले लामो समयसम्म केही कदम चालेन।
२) चीनले बाहिरबाट आउने र जाने सबै उडानहरू रोकेसम्म ४ लाख भन्दा बढी मानिसहरू चीनबाट अमेरिका पुगिसकेका थिए। संयुक्त राज्य अमेरिकाले विदेशबाट आउने जहाजहरूको आवागमन रोक्न लामो समय लिएको थियो। यो मात्र होइन, १६ मार्चसम्म अमेरिकाले सबै देशहरूमा समान रूपमा लागू गरेन। चीनबाट आउँदै गरेको जहाजको आवागमन रोकेपछि पनि मानिसहरू अन्य देश हुँदै अमेरिका पुगेका थिए।
३) अमेरिकामा कोरोना भाइरसको कारण पहिलो मृत्यु मार्च १४ मा न्युयोर्कमा भएको थियो। यद्यपि मार्च ७ मा राज्यपालले राज्य आपतकालिन घोषणा गरे र मानिसहरूलाई उनीहरूको घरमा बस्न कडा निर्देशन दिइयो। यसलाई पनि मानिसहरूले गम्भीरताका साथ लिएनन् जस पश्चात स्थिती अनियन्त्रित भयो। मार्च २३ मा, न्युयोर्कको तटमा सयौँ मानिसहरू भेला भएको फोटो भाइरल भएपछि बल्ल गभर्नरले लकडाउनलाई कडाइका साथ लागू गर्न आदेश दिए।
४) चीनमा यो भाइरसको संक्रमण बढिरहेको बेला अमेरिकाले धेरै व्यक्तिगत सुरक्षा उपकरणहरू दिएको थियो। त्यस पश्चात कोरोना भाइरस अमेरिकालगायत धेरै देशहरूमा फैलिन सुरु भयो। यस पछि पनि अमेरिकामा बढ्दो घटनाहरूमा ध्यान दिइएन। यसको कारणले गर्दा, अमेरिकामा नै यी उपकरणहरूको अभाव भयो। केही समय अगाडी वाशिंगटनका स्वास्थ्यकर्मीहरूले पनि यसको विरोध गरेका थिए। क्यालिफोर्निया, न्यु योर्क, मिसिगन, वाशिंगटनका स्वास्थ्य कर्मीहरू भेन्टिलेटर, मास्क, गाउनको अभावको विरोधमा सडकमा उत्रिनु पर्याे।
५) राज्यहरूका गभर्नरहरू र स्वास्थ्य विभाग को शीर्ष विशेषज्ञहरू को विचार तथा सुझाव लाई राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा बेवास्ता गरे। अमेरिकाको शीर्ष विज्ञ डाक्टर फोसेसँगको उनको विवाद पर्नु एक जीवित प्रमाण हो।
६) राष्ट्रपति ट्रम्पले भनिरहेकी हामीले विजय प्राप्त गर्नेछौँ र यस कारण अमेरिकीहरूलाई कुनै खतरा छैन।
७) संयुक्त राज्यमा भाइरस विरुद्ध लड्न र यसको रोकथाममा ध्यान केन्द्रित गर्नुको सट्टा राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ संग रुष्ट भए र दिदैँ आएको सहयोग रोक्ने निर्णय गरे।
८) राष्ट्रपति ट्रम्पको ध्यान यस भाइरसको उत्पत्ति तथा संक्रमणको जिम्मेवार चीनलाई दिनेमा मात्रै रह्यो । जबकि अन्य देशहरूले त्यस समयमा यसको रोकथाममा मात्र ध्यान दिइरहेका थिए।
९) काेराेना संक्रमणकाे लामाे समय पछि मात्रै २२ मार्चमा राष्ट्रपति ट्रम्पले विपत्ती घोषणा गरे ।
विश्वका २१० देश तथा अधिनस्थ क्षेत्रमा फैलिसकेकाे यस भाइरसबाट १ लाख ६५ हजार भन्दा बढीकाे ज्यान गइसकेकाे छ भने २४ लाख भन्दा बढीमा यस भाइरसकाे संक्रमण देखिएकाे छ ।
यदपी अमेरिकाले याे भाइरस उत्कर्षमा पुगेकाे र अव चाँडै काेराेना भाइरसकाे लडाँइमा विजय हासिल गर्ने विश्वास लिएकाे छ।
जागरण हिन्दी बाट
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस