उत्तर कोरियाली सर्वाेच्च नेता किमकाे स्वास्थ्यमा गम्भिर समस्या
एक दक्षिण कोरियाली रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार जारी रहेको जनाएको छ।
रोयटर्समा प्रकाशित समाचारका अनुसार अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको हो।
उत्तर कोरिया समर्थकहरूले संचालन गर्दै आएको डेली एनके वेभसाइटका अनुसार अप्रिल १२ मा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए। सो वेबसाइटका अनुसार किम हाल पूर्वीय तटमा रहेको ह्यासाङ स्थित माउन्ट कुमगाङ रिसोर्टमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।
मेरो बुझाइमा उहाँ गत अगस्टदेखि नै हृदय सम्बन्धी समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्थ्यो तर पेक्टु पर्वतमा बारम्बार भ्रमण गरेपछि उहाँको स्वास्थ्य झनै बिग्रियो,’ एक स्रोतले भन्यो।
रिपोर्ट अनुसार अप्रिल ११ मा किम सार्वजनिक रूपमा अन्तिम पटक देखा परेका थिए।
सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरोको बैठकको अध्यक्षता पछि उनी अस्पताल प्रस्थान गरेको बताइन्छ।
यसैगरी अमेरिकी संचारमाध्यम सिएनएनले आफ्नो समाचारमा मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण रहेको जनाएको छ।
उसले आफ्नो समाचारमा किमको स्वास्थ्य गम्भिर भएपनि त्यो कति गम्भिर छ भन्ने बारेमा केही जानकारी प्राप्त हुन नसकेको जनाएको छ।
सिएनएनले समाचारमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस