श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन

कोलम्बो, ९ वैशाख/ कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गर्नु भएको छ । निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा वरिष्ट स्वास्थ्य अधिकारीहरु, सुरक्षा निकायहरु, हुलाक सेवाका जिम्मेवार पदाधिकारीहरु, जिल्ला सचिवहरु तथा सरोकार भएकाहरुको पनि सहभागिता थियो । यसअघि संसदीय निर्वाचनका लागि अप्रिल २५ तारिखको दिन तोकिएको थियो । तर कोरोनाभाइरस महामारीका कारण सरकारले देशव्यापी कफ्र्यु लगाए पछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो ।
श्रीलंकामा गत मार्च ११ मा पहिलो घटना देखिएयता हालसम्म कोरोनाभाइरसबाट २९५ जना संक्रमित भएका र सात जनाको मृत्यु भएको छ । श्रीलंकामा देशभरका ४० भन्दा बढी केन्द्रहरुमा विदेशी सहित तीन हजार ५०० भन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस