आप्रवासीलाई अमेरिका आउन ६० दिन रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन लगाएको रोक ६० दिनसम्म जारी हुने बताएका छन्।
उनले यो अमेरिकामा स्थायी बसोबास गर्न चाहनेहरूको हकमा मात्र लागु हुने बताए।सोमबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारीपछि अमेरिकी नागरिकको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने निर्णय बताएका थिए।
बिबिसीले जनाए अनुसार यसले विशेष भिसामा मजदूरी गर्ने र हाईटेक कर्मचारीहरूलाई भने प्रभावित पार्ने छैन।आलोचकहरुले यसलाई ट्रम्पको कोरोना भाइरसप्रतिको आफ्नो कदमबाट ध्यान हटाउने कोशिस भएको आरोप लगाएका छन्।
अमेरिकामा मात्र संक्रमणका कारण हालसम्म ४५ हजार बढीको ज्यान गइसकेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस