आप्रवासीलाई अमेरिका आउन ६० दिन रोक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन लगाएको रोक ६० दिनसम्म जारी हुने बताएका छन्।
उनले यो अमेरिकामा स्थायी बसोबास गर्न चाहनेहरूको हकमा मात्र लागु हुने बताए।सोमबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारीपछि अमेरिकी नागरिकको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने निर्णय बताएका थिए।
बिबिसीले जनाए अनुसार यसले विशेष भिसामा मजदूरी गर्ने र हाईटेक कर्मचारीहरूलाई भने प्रभावित पार्ने छैन।आलोचकहरुले यसलाई ट्रम्पको कोरोना भाइरसप्रतिको आफ्नो कदमबाट ध्यान हटाउने कोशिस भएको आरोप लगाएका छन्।
अमेरिकामा मात्र संक्रमणका कारण हालसम्म ४५ हजार बढीको ज्यान गइसकेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस