सिंगापुरमा आंशिक लकडाउनको अवधि जुन १ तारिखसम्म थप

सिंगापुर, १० वैशाख/सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ । प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताउनुभयो । उहाँले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मूल्याँकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट गर्नुभयो । उहाँले समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने बताउनुभयो ।
प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यो बाध्यकारी हो भन्नुभयो । “खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ।” सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । मंगलबारसम्म सिंगापुरमा ९ हजार १२५ जना कोरोना संक्रमित भएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस