इरानद्वारा सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण
तेहरान, १० वैशाख/ इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ । संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आएको छ । इरानले आफ्ना भूउपग्रह गतिविधिहरू अन्तर्राष्ट्रिय मान्यताहरुलाई ध्यानमा राखेर गरिएको बताएको छ ।
दुई मुलुकबीचको तनाव गत साता पनि खाडी क्षेत्रमा अनुभव गरिएको थियो । अमेरिकी रक्षा मन्त्रालयले खाडी क्षेत्रमा आफ्ना जहाजहरुलाई इरानी सैनिक जहाजले दुःख दिन खोजेको जनाएको छ ।
इस्लामिक क्रान्तिकारी गार्डले भूउपग्रह प्रक्षेपणलाई “ठूलो सफलता” को रूपमा स्वागत गरेको छ । “इरानको पहिलो उपग्रह सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको छ,” गार्डद्वारा संचालित सेपनाह न्यूज वेबसाइटले जनाएको छ ।
दुई महिनाअघि पनि इरानले यस्तै भूउपग्रह प्रक्षेपण गरेको भएपनि त्यो सफल हुन सकेको थिएन । अमेरिकी सख्त आर्थिक नाकाबन्दीका साथै कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको इरानले विश्व समुदायसँग नाकाबन्दी खुकुलो बनाउन र आपतकालीन सहयोग गर्न आग्रह गरिरहेको छ । इरानमा कोराना संक्रमणबाट ५ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस