अफगानिस्तानमा कम्तीमा २६ तालिवान लडाकू मारिए
बैशाख ११ /अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा २६ तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको उत्तरपूर्वी प्रान्त कुन्दुजमा लडाकूहरु र सरकारी सुरक्षाकर्मीहरुबीचमा भएको भिडन्तका क्रममा उनीहरु मारिएका हुन् । घटनामा परी अरु केही घाइते पनि भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । कुन्दुज प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता हेजातुल्लाह अकबरीले २६ जनाको मृत्यु भएको र दश जना घाइते भएको पुष्टि गरेका हुन् ।
तालिवान लडाकूहरूले स्थानीय प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको उनको भनाई छ । ‘कुन्दुज प्रान्त अन्तर्गत पर्ने क्वाला आई–जाल र डास्ट आई–अर्ची जिल्लामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गरेपछि भिडन्त भएको हो,’ प्रवक्ता अकबरीले भने ।
अफगानिस्तानमा केही समय अगाडि सरकारी पक्ष र द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएपनि हिंसात्मक घटना भने रोकिएका छैनन् । त्यसैगरी विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण समेत भएको यस प्रतिकुल समयमा पनि अफगानिस्तानमा हिंसात्मक घटना भइरहेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस