जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध
टोकियो, १५ वैशाख /जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनुभयो ।
जापानले यसअघि नै ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने जानकारी दिनुभयो ।
जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदैछ तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ ।
जापानमा आगामी मे ६ सम्मका लागि आपतकालीन स्थितिको घोषणा गरिएको छ । सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन् ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा हासलम्म १३ हजार ३८५ जना संक्रमित भएका छन् भने ३६४ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस