बेइजिङका र सांघाइका विद्यालय खुले
१५ वैशाख / सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो । चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो । तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ ।
यसैअनुसार आज सोमबारदेखि चीनका प्रमुख यी दुई शहर बेइजिङ र सांघाइमा पनि विद्यालय खुला गरिएको समाचारमा जनाइएको छ । लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुशी देखिएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो । यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले बताइएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस