किम जोन उनको स्वास्थ्य बारे फैल्याईएको समाचार आधारहीन

विगत केही दिनदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा किम जोन उनको स्वास्थ्य बारेमा धेरै प्रकारका समाचारहरू प्रसारण गरिए । संसारभरका मिडियाहरूले उत्तर कोरियाका तानाशाह किम जोंग उनको खराब स्वास्थ्यका बारेमा प्रसारण गरेको समाचारमा कुनै सत्यता नभएको दक्षिण कोरियाका एक मन्त्रीले बताएका छन् । दक्षिण कोरियाका एकीकरण मन्त्री किम येओन चुल का अनुशार यी सबै समाचारहरूमा कुनै आधार नभएको बताएका हुन् ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहपका अनुसार कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै किमको सुरक्षालाई ध्यानमा राख्दै हजुरबुबाको जन्म जयन्तीमा सहभागी नभएको बताएका छन् ।
कोरोना भाइरसको बढ्दो जोखिमका कारण कुमसुन प्यालेस को समारोह मा भाग नलिएको दाबी गरे । धेरै भिडभाड हुने कारण किमले आफ्नो सुरक्षालाई प्राथमिकता दिएका थिए।
चुलले भने म तपाईँलाई बताउन चाहन्छु कि अप्रिल १५मा देशको संस्थापक र किम जोंग उनका हजुरबुबाको जन्मदिन थियो। यस अवसरमा, प्रत्येक वर्ष जस्तै, सबै वरिष्ठ व्यक्तिहरू कुमसुन दरबारको कार्यक्रममा भाग लिएका थिए ।
चुलले किमको खराब स्वास्थ्यको समाचारलाई आधारहीनभएको बताएका हुन् । चुलले भने उत्तर कोरियाको समाचार एजेन्सी लगातार उसको बारेमा समाचारहरू प्रकाशित गर्दैछ। त्यो मात्र होइन, किम पोलिटब्युरो बैठकमा भाग लिइरहेका छन् र उनीहरूले बधाई राज्यका प्रमुखलाई पनि पठाइरहेका छन्।
तर चुलले किम आफ्नो दरबारमा छन् की अन्य कुनै ठाउँमा छन् भन्ने कुरा भने भन्न सकेनन् तर उनी ठिक छ भन्ने कुरा निश्चित भएको बताएका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस