अमेरिकाको लस एन्जलसमा सबै नागरिकलाई निशुल्क कोविड १९ को परीक्षण गरिने
१८ वैशाख /संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निःशुल्क रुपमा कोविड १९ भाइरस परीक्षण गरिने भएको छ । यसरी शहरका सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो शहर भएको बताइएको छ ।
उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिनुभएको हो । उहाँले लस एन्जलस नै यसरी कोविड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताउनुभएको छ ।
उहाँले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिनुभएको हो । उहाँले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस