रसियाका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण
वैशाख १९ गते ,शुक्रबार।
रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएको हो, त्यसमध्ये एक प्रधानमन्त्री मिखाइल पनि हुन् ।
गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।
रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस