ज्वरोको बिरामी अस्पतालले भर्ना लिन नमान्दा २७ वर्षीय युवकको मृत्यु
मोरङ, बैशाख १९
सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई सुनसरी प्रहरीको संयोजनमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उनका बुवा जोगीलाल यादवका अनुसार प्रतिष्ठानका चिकित्सकले बिहीबार साँझ ७ बजे रविन्द्रलाई मृत घोषणा गरेका हुन् । ‘समयमा अस्पताल ल्याउन नसक्दा बचाउन नसकेको चिकित्सकले बताए,’ उनले भक्कानिँदै भने, ‘छोराको शव पोष्टमार्टमपछि मात्रै लग्न मिल्छ । पोष्टमार्टम भोलि हुन्छ ।’
रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरेका थिएनन् । आइतबार दिउँसो विष सेवन गरेर कोसी अस्पताल भर्ना भएका उनलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै अस्पतालले रेफर गरेको थियो ।
बिहान ६ बजे घरबाट एम्बुलेन्समा छोरालाई लिएर विराटनगर आइपुगेका जोगीलालले अपराह्न १२ बजेसम्म विराटनगरस्थित अस्पताल चहारेका थिए । सुनसरी प्रहरीको संयोजनमा मात्रै बीपी प्रतिष्ठान धरानले भर्ना लिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कुनै पनि अस्पतालले बिरामीको भर्ना नलिएको जानकारी आए तत्काल कारबाही गर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस