ज्वरोको बिरामी अस्पतालले भर्ना लिन नमान्दा २७ वर्षीय युवकको मृत्यु

मोरङ, बैशाख १९
सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई सुनसरी प्रहरीको संयोजनमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उनका बुवा जोगीलाल यादवका अनुसार प्रतिष्ठानका चिकित्सकले बिहीबार साँझ ७ बजे रविन्द्रलाई मृत घोषणा गरेका हुन् । ‘समयमा अस्पताल ल्याउन नसक्दा बचाउन नसकेको चिकित्सकले बताए,’ उनले भक्कानिँदै भने, ‘छोराको शव पोष्टमार्टमपछि मात्रै लग्न मिल्छ । पोष्टमार्टम भोलि हुन्छ ।’
रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरेका थिएनन् । आइतबार दिउँसो विष सेवन गरेर कोसी अस्पताल भर्ना भएका उनलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै अस्पतालले रेफर गरेको थियो ।
बिहान ६ बजे घरबाट एम्बुलेन्समा छोरालाई लिएर विराटनगर आइपुगेका जोगीलालले अपराह्न १२ बजेसम्म विराटनगरस्थित अस्पताल चहारेका थिए । सुनसरी प्रहरीको संयोजनमा मात्रै बीपी प्रतिष्ठान धरानले भर्ना लिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कुनै पनि अस्पतालले बिरामीको भर्ना नलिएको जानकारी आए तत्काल कारबाही गर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस