क्वारेन्टाइनमै गरे १८ वर्षीय सुमनले झुण्डिएर आत्महत्या
वैशाख १९ गते ,शुक्रबार।
क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले जानकारी दिए। क्याम्पसको क्वारेन्टाइनमा कोरोना गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस