कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार
कपिलवस्तु, १९ वैशाख / यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुई अज्ञात व्यक्तिले रिभल्वरले उहाँलाई गोली प्रहार गरेका थिए ।
वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उहाँलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताउनुभयो । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस