मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने

कपिलवस्तु, १९ वैशाख /लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले पारेको असरका विषयमा संघीय सांसद, प्रदेशसभा सदस्य, व्यापारी, निर्माण प्यवसायी, सञ्चारकर्मी र सुरक्षा निकायका प्रमुखबीच छलफल भई सीमामा थप कडाइ र लकडाउनको पूर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । “ बैठकमा संघ, प्र्रदेश र पालिकाले शुरुआत गरेको विकासनिर्माणका आयोजनालाई पनि निरन्तरता दिने निर्णय भएको छ ”, उहाँले भन्नुभयो । कपिलवस्तुका सांसदले लकडाउन लम्बिँदै जाँदा मजदूरको प्रयोग गरी जिल्लाका कृषि, विकासनिर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिनुभएको थियो ।
लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदँै गएकाले भारतीय सीमा नाकालाई अझ कडाइ गरेर निगरानी बढाउनुुपर्नेमा सांसदको जोड दिनुभएको थियो ।
बैठकमा राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह र अतहरकमाल मुसलमान, प्रदेशसभा सदस्य विष्णु पन्थी, अर्जुन केसी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोताम, फैजिया खातुनलगायतले यहाँ हालसम्म कोरोना संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । यहाँ लकडाउन समयमा प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि ७०० पास जारी गरेको छ । ––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस