बिचल्लीमा परेको भन्दै भिडीयो सार्वजानीक गर्ने महिलाको उद्धार

सुर्खेत, १९ वैशाख /कर्णाली प्रदेश सरकारले अलपत्र महिलाको उद्धार गरेको छ । तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीया नानी नेपालीलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्धार गर्नुभएको हो । बिहीबार दिउँसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला निवासी एक महिलाले रुँदै श्रीमान्ले अर्काे विवाह गरेर हिँडेको र आफू बिचल्लीमा परेको भनी भिडियो सार्वजनिक हुने बित्तिकै मन्त्री भण्डारीले उद्धारका लागि खटाउनुभएको थियो । नेपाली वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक सुर्खेतमा सडकपेटीमा आश्रय लिएको अवस्थामा भेटाइएको कानूनमन्त्री भण्डारीले बताउनुभयो ।
उहाँले चार हजार घरभाडा सहयोग पनि गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटिएको उद्धारा गएका मन्त्री भण्डारीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो । श्रीमान् निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आउनुभएको थियो । “श्रीमान्ले तिमी बिरामी छौँ, सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा रु पाँच लाख ऋण झिकेको रहेछ”, नेपालीले भन्नुभयो, “त्यसको अहिलेसम्म ब्याज नतिरी अर्की महिला लगेर उतै बसेको छ भन्ने खबर पाएँ ।
बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकाी हुँ ।” उद्धार गरिएकी नेपालीलाई सकेसम्म आजै जुम्ला पठाइनेछ । नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस