चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान
धादिङ, १९ वैशाख /चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन् । गजुरी गाउँपालिकामा एक हजार ४३० र बेनिघाटरोराङ गाउँपालिकामा दुई हजार २७६ ले दादुरा–रुबेला खोप लगाइएको हो । नेपाल सरकारले छ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप लगाउने अभियान शुरु गरेको थियो ।
क्षेत्रमा रहेको गजुरी र बेनिघाटरोराङमा बन्दाबन्दीको समयमा दादुरा–रुवेलाको महामारी फैलिएर दुई बालबालिकाको मृत्यु भएको र १५० भन्दा बढी बिरामी भएपछि खोप अभियान गाउँपलिकाभर सञ्चालन गरिएको होे । गत बुधबारदेखि शुरु खोप कार्यक्रम वैशाख २४ सम्म सञ्चालन हुनेछ । महामारी नियन्त्रण गर्न र आउँदा दिनमा दादुरा–रुवेला लाग्न नदिन खोप लगाइएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस