वडाध्यक्षको निधनमा गाउँपालिकाद्वारा शोक बिदा
गलकोट, १९ वैशाख /बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधनले सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । शोकमा डुबेको गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदासमेत दिएको छ ।
वैशाख ८ गते गुल्मीको शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागीमा घाइते भएका खनालको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो । आगलागीमा खनालका एक छोराको वैशाख ८ गते नै मृत्यु भएको थियो । उनकी श्रीमतीको उपचार चलिरहेको छ । स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित ४९ वर्षीय खनाल सफल व्यवसायीका रूपमा स्थापित हुनुहुन्थ्यो । बरेङ गाउँपालिकाले आफ्ना न्यायिक समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजकसमेत रहेका खनालको निधनमा आज पालिकाभर नै शोक बिदा दिने घोषणा गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माले विहीबार शोक प्रस्ताव पारित गर्दै पालिकाले आज सार्वजनिक बिदाको घोषणा गरेको बताउनुभयो । आज गाउँपालिकाभित्रका सरकारी र गैरसरकारी निकायबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह र अन्य कामकाज बन्द हुने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस