रुकुमपूर्वमा खोप अभियान शुरु

रुकुमपूर्व, १९ वैशाख /विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड –१९ का कारण स्थगित खोप अभियान पुनः शुरु भएको छ । बन्दाबन्दीको कारण एक महिनादेखि स्थगित बालबालिकालाई दिइने नियमित खोप अभियान शुरु भएको हो ।
नियमित रुपमा दिइँदै आएको बिसिजी, डिपिटी, पोलियो, हेपाटाइटिस, रुबेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार खोप शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाई सुरक्षित तवरले खोप लगाउन आग्रह गरिएको कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो । एकतीस वडा रहेको तीन गाउँपालिकाकाका विभिन्न स्वास्थ्यचौकीबाट खोप अभियान शुरु भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस