रुकुमपूर्वमा खोप अभियान शुरु
रुकुमपूर्व, १९ वैशाख /विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड –१९ का कारण स्थगित खोप अभियान पुनः शुरु भएको छ । बन्दाबन्दीको कारण एक महिनादेखि स्थगित बालबालिकालाई दिइने नियमित खोप अभियान शुरु भएको हो ।
नियमित रुपमा दिइँदै आएको बिसिजी, डिपिटी, पोलियो, हेपाटाइटिस, रुबेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार खोप शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाई सुरक्षित तवरले खोप लगाउन आग्रह गरिएको कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो । एकतीस वडा रहेको तीन गाउँपालिकाकाका विभिन्न स्वास्थ्यचौकीबाट खोप अभियान शुरु भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस