रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी

काठमाडौँ, १९ वैशाख /रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ ।
सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको गएराति निधन भएको उहाँकी छोरी अल्पना रेग्मीले जानकारी दिनुभयो । शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित रहेका छन् । उनीले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । ती लगायत ६ बटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।
ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासन विरुद्धको आन्दोलनमा उनी कला र सांगीति मोर्चाबाट होमिएकी थिइन् ।
निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस