रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी
काठमाडौँ, १९ वैशाख /रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ ।
सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको गएराति निधन भएको उहाँकी छोरी अल्पना रेग्मीले जानकारी दिनुभयो । शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित रहेका छन् । उनीले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । ती लगायत ६ बटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।
ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासन विरुद्धको आन्दोलनमा उनी कला र सांगीति मोर्चाबाट होमिएकी थिइन् ।
निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस