प्रदेश नं २ मा दुई हजार ३१० को स्वाब नमूना सङ्कलन
जनकपुरधाम, १९ वैशाख /कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।
तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रदेशका कोरोना सङ्क्रमित १२ जनामध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ ।
यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उहाँले बताउनुभयो । यस प्रदेशअन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस