अफगानिस्तानको पूर्वी प्रान्तमा झडप १८ को मृत्यु
१९ बैशाख/ अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् । यस झडपमा ज्यान गुमाएकाहरु ३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा आक्रमण गर्ने क्रममा उक्त झडप भएको बताइएको छ ।
झडपमा क्रममा १५ लडाकूको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका समाचारमा जनाइएको छ । यस झडपमा ३ सैनिकले ज्यान गुमाए भने, अन्य दुई जना घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । आफ्ना १५ लडाकू मारिएपछि लोगार प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस