• जीवनशैली | Jiwanshaili
  • चट्याङ लागेर ३० वर्षीय राईको मृत्यु


    सिन्धुली, १९ वैशाख  /यहाँको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो ।

    आफ्नै पानीघट्टमा बुबालाई खाना पु¥याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी झनझनेका प्रहरी हबल्दार उमा घलानले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस