अनुगमन तीव्र,७० लाखभन्दा बढी असुल
काठमाडौँ, १९ वैशाख / कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा रु ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ ।
यस अवधिमा विभागले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा कारवाहीस्वरुप व्यवसायीबाट उक्त रकम असुल गरेको हो । विभागका अनुसार यो लकडाउनपूर्व भन्दा बढी हो । सरकारले गत चैत ११ गतेदेखि नै देशभरि लकडाउन जारी गरेको थियो । विभागले गरेको विशेष अनुगमनका क्रममा सबैभन्दा बढी स्वास्थ्य सामग्रीका पसलमा अनियमितता पाएपछि जरिवानास्वरुप रकम असुलउपर गरेको हो ।
व्यवसायीले बढी मूल्य लिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, नवीकरण नगरेको, अनुगमन टोलीलाई असहयोग गरेको र खरिद बिक्री बिल देखाउन नसकेकाले विभागले कारवाही गरी रकम असुल गरेको हो । विभागले हरेक दिन आठजनाको टोली बनाएर बजार अनुगमनलाई तीव्रता दिदै आएको छ ।अनुगमनका क्रममा रु पाँच हजारदेखि रु तीन लाखसम्म असुलउपर गर्न पाउने अधिकार कानूनीरुपमा रहेको छ । विभागका निरीक्षण अधिकृत दीपकराज पोखरेलका अनुसार लकडाउनयता २४५ वटा पसलको अनुगमन गरिसकेको छ । जहाँ सबैभन्दा बढी खाना पकाउने ग्यास ८० वटा पसलको अनुगमन गरेको छ ।
औषधि पसलको १९, खाद्यान्न ४६, डेरी तीन, तरकारी तीन, फलफूल चार, पेट्रोल पम्प २३ र सुपरमार्केटलगायत पसलको अनुगमन गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस