लोगोको अनधिकृत प्रयोग नगरिदिन डब्ल्यूएचओ आग्रह
काठमाडौँ, १९ वैशाख/ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ ।
नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगोे अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सङ्गठनले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ – “यो लोगो प्रयोग भएको कुनै पनि सामग्री भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने सङ्केत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतीक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ ।” लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुका लागि मात्र सीमित गरिएको पनि सङ्गठनले स्पष्ट गरेको छ ।
सङ्गठनको लोगो प्रयोग गर्न अनुमति प्राप्त गर्ने प्रक्रियाका लागि अवलम्बन गर्नुपर्ने निर्देशिका सङ्गठनको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिँदै सङ्गठनले सरोकारवालालाई सोही बमोजिम गर्न गराउन पनि अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस