लोगोको अनधिकृत प्रयोग नगरिदिन डब्ल्यूएचओ आग्रह

काठमाडौँ, १९ वैशाख/ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ ।
नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगोे अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सङ्गठनले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ – “यो लोगो प्रयोग भएको कुनै पनि सामग्री भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने सङ्केत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतीक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ ।” लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुका लागि मात्र सीमित गरिएको पनि सङ्गठनले स्पष्ट गरेको छ ।
सङ्गठनको लोगो प्रयोग गर्न अनुमति प्राप्त गर्ने प्रक्रियाका लागि अवलम्बन गर्नुपर्ने निर्देशिका सङ्गठनको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिँदै सङ्गठनले सरोकारवालालाई सोही बमोजिम गर्न गराउन पनि अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस