कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही
अत्तरिया, १९ वैशाख /कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख ६० हजार जरिवाना गरिएको बताउनुभयो ।
धनगढीको ग्लोबल सर्जिकल हाउसलाई पिपिई र मास्कमा कालोबजारीको गरेको भन्दै रु दुई लाख, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेवापत रु २०-२० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । अनुगमनका क्रममा पिपिईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत मूल्य वृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला ग्यासमा ग्राहकबाट बढी शुल्क लिएर ग्यास सिलिन्डर बिक्री गरेको भन्दै रु तीन लाख जरिवाना गरिएको छ । सो सप्लायर्सले ग्राहकबाट रु एक हजार ३४० पर्ने ग्यास सिलिन्डरको रु एक हजार ३७५ लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख पुनले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस