रोग र भोकप्रति तीनै तहको साथ आवश्यक : मजदूर नेता
पोखरा, १९ वैशाख /मजदूर सङ्गठन सम्बद्ध विभिन्न सङ्गठनका नेताले कोरोना सङ्क्रमणसँगैै मारमा परेका मजदूरको रोग र भोकको समस्यामा तीनै तहका सरकारको समन्वय आवश्यक भएकामा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रियरुपमै १३१ औँ मजदूर दिवस मनाइरहँदा कोरोनाले विश्वव्यापी पारिरहेको समस्याले प्रत्येक्ष प्रभावित मजदूरको पीडामा मलम लाग्न नसकेको उहाँहरुको ठम्याइ छ । कोरोना सङ्क्रमणले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदूर प्रत्यक्ष मारमा परेका नेपाल ट्रेड युनियन महासङ्घ जिफण्टका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इञ्चार्ज मीना गुरुङले बताउनुभयो ।
“कोरोना सङ्क्रमण पैmलिन नदिन ४० दिनयता जारी बन्दाबन्दीले विपन्न मजदूर वर्गको चुलो तात्न सकेको छैन”, गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएकी गुरुङले भन्नुभयो, “विपद्को यस घडीमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा उनीहरुका पीडा व्यथामा मलमपट्टि लगाउनुपर्ने देखिएको छ ।”
दैनिकी नै असहज बनेका मजदूरको सहयोगका लागि राज्य एवं सम्बद्ध निकायले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले उनीहरुको समस्यामा साथ र सहयोग पु¥याउनुले मात्रै मजदूर दिवस मनाउनुको सार्थकता पुष्टि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बन्दाबन्दीका कारण यतिखेर उद्योग, कलकारखाना नचल्दा मजदूर समस्यामा छन् नै पूर्वाधार विकास तथा निर्माणका सम्पूर्ण काम बन्द हुँदा उनीहरुको रोजीरोटी बन्द भएको छ । विगतमा विदेशमा गई मजदूरी गरेर परिवारको पालनपोषण गर्नुका साथै देशका लागिसमेत ठूलो रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारमा रहेका मजदूर अधिकांश तत्तत् ठाउँमा रोजगारी नभएपछि घर फर्कने तयारीमा छन् ।
देशमा राम्रो रोजगारीको अवसर नभएर विदेशीन बाध्य उनीहरुको अबको गन्तव्य के हुने भन्ने अर्को चुनौती टड्कोरो देखिएको छ । स्वदेशमा रहेका र विदेशबाट फर्किएका मजदूरको रोजीरोटी व्यवस्थापनतर्पm सरकारले बेलैमा सोच्नुपर्ने मजदूर नेताले सुझाव दिएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफण्ट० का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीका अनुसार बन्दाबन्दीसँगैै सरकारले उपलव्ध गराएको राहत सामग्री दैनिक ज्यालादारी गर्ने एवं विपन्न वर्गका मजदूरले राहत प्राप्त गर्न नसकेको बताउनुभयो ।
विकास निर्माणका काममा कार्यरत मजदूरको वडास्तरमा तथ्याङ्क सङ्कलन गरी उनीहरुको बैक खातामार्पmत पारिश्रमिक उपलब्ध गराउनुपर्ने अखिल नेपाल ट्रेड युनियन महासङ्घ कास्कीका अध्यक्ष रुद्र गौतम बताउनुहुन्छ । उहाँका अनुसार विगतमा विभिन्न सभा समारोह गरेर मनाइने मे दिवस यस पटक भने कोरोनाको जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीको कारण घरघरमा मनाउन मजदूरलाई अनुरोध गरिएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजय भण्डारीले एकद्धार प्रणालीबाट राहत वितरण प्रक्रिया राम्रो भए पनि मापदण्ड अनुसारको प्रक्रिया नपुग्दा वास्तविक मजदूर वर्ग राहतबाट वञ्चित भएको बताउनुभयो । सरकारले बन्दाबन्दीको अवधिमा पनि मजदूरलाई पारिश्रमित दिनु पर्ने निर्णय कार्यान्वयन हुनु पर्ने बताउँदै उहाँले क्वारेन्टाइनमा रहेर पनि औद्योगिक प्रतिष्ठानमा निरन्तर काम गर्ने मजदूरले अतिरिक्त सुविधा पाउनुपर्ने माग गर्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस