रोल्पामा रहेको बम निष्क्रिय

रोल्पा, १९ वैशाख /त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा फेला परेको बेवारिसे बम आज निष्क्रिय पारिएको छ । दहवनबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बिहीबार दिउँसो जंगलमा बाख्रा चराउन गएका चार स्थानीय बालबालिको आफूले फेला पारेको बेवारिसे बम खेलाउने क्रममा विस्फोट हुँदा ज्यान गएको थियो ।
सोही ठाउँमा अर्को विस्फोटन नभएको बमसमेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो । बम विस्फोटमा परी ज्यान गुमाएका बालबालिकाको शव स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारको उपस्थितिमा मुचुल्का उठाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विस्फोटमा पर मृत्यु हुनेमा त्रिवेणी–७ का लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव छन् । मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो । उहाँले घटना भएको स्थानमा थप अनुसन्धान गर्नसमेत आग्रह गर्नुभयो । घटनास्थलमा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकसमेत पुगी जानकारी लिनुुभयो । बालबालिकाले जंगलमा बम भेटाएर फर्की दुम्ला खोलामा खेलाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । सशस्त्र द्वन्द्वका बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भिडन्त भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस