उत्तर कोरियाली सर्वोच्च नेता किमको मृत्यु भएको खबर हल्ला सावित ,सार्वजनिक कार्यक्रममा देखिए
वैशाख २० गते, शनिबार।
उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनको मृत्यु भएको हल्ला निराधार साबित भएको छ । शुक्रवार एक सार्वजनिक कार्यक्रममा देखिएपछि उनको मृत्यु भएको हल्ला निराधार साबित भएको हो । पछिल्लो २० दिन यता उनी सार्वजनिक कार्यक्रममा नदेखिए पछि उनको बारेमा अनेक टिका टिप्पणी भएका थिए ।
अन्तर्राष्ट्रिय समुदायले उनको स्वास्थ्य लाई लिएर गम्भीर चासोको रूपमा लिइएको थियो । तर हालै उनी एक फ्याक्ट्रीको उद्घाटनमा समारोहमा देखिएपछि उनको बारेमा चलेको सबै हल्ला झुटो भएको छ । उनले फोस्फेटीक फर्टिलाईजर फ्याक्ट्रीको रिबन काटेर उद्घाटन गरेको तस्बिर सार्वजनिक भएको छ ।
विश्वको शक्तिशाली तानाशाहको रूपमा किमको क्रियाकलाप माथि सबैको चासो रहँदै आएको छ तर उनी बेला बेलामा यस्तो चर्चामा आइरहने गर्दछन् ।
उनको मृत्यु भइसकेको भन्दै विभिन्न राष्ट्र तथा सञ्चार माध्यमले अबको उत्तराधिकारी को भन्ने विषयमा पनि व्यापक बहस तथा अनुमानकारिता गरेको थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस