लिक भयो ऋषि कपुरको अन्तिम क्षणको भिडियो, अस्पतालविरुद्ध जनाइयो आपत्ति
बलिउडका महान अभिनेता ऋषि कपुरको अन्तिम क्षणमा सुट गरिएको भिडियो लिक भएपछि उक्त भिडियोले चर्चा कमाएको छ ।
फिल्मी आयोग, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज ९एफडब्लुआईसीइ०ले मुम्बईस्थित एन एच रिलायंस अस्पतालविरुद्ध विरोध जनाएको छ ।
फेडरेशनले भिडियोलाई अनैतिक बताउँदै गौरवशाली तथा गरिमापूर्ण जीवन जिउनेहरुको अधिकार उल्लंघन गरेको बताएको छ । फेडरेशनका अध्यक्ष अशोक पन्डितले एक पत्र लेख्दै उक्त भिडियोको आपत्ति जनाएका छन् ।
उक्त पत्रमा उल्लेख गरिएको छ कि उक्त भिडियो ह्वाट्सएफको माध्यमबाट भाइरल भएको छ, जसमा आइसीयुमा बिरामीको साथमा एक नर्स देखिएकी छन् ।
उक्त भिडियो बिरामी र उनको परिवारको सदस्यको अनुमति बिनै लिइएको छ । यसका साथै पत्रमा उल्लेख गरिएको छ, ऋषि कपुरको भिडियो फुटेजबाट थाहा हुन्छ कि चिकित्सा पद्धतिको पालन गरिएको छैन भने यथार्थमा सम्झौता गरिएको छ । अस्पतालमा भएको यस घटनाको छानबिन गर्न माग गरिएको छ ।
यता अस्पतालले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति क्षमा माग्दै दोषीलाई कारवाही गरिने बताएको छ । अभिनेता ऋषि कपुरको बिहिबार बिहान निधन भएको थियो । त्सपछि उनको अन्तिम क्षणको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस