लिक भयो ऋषि कपुरको अन्तिम क्षणको भिडियो, अस्पतालविरुद्ध जनाइयो आपत्ति

बलिउडका महान अभिनेता ऋषि कपुरको अन्तिम क्षणमा सुट गरिएको भिडियो लिक भएपछि उक्त भिडियोले चर्चा कमाएको छ ।
फिल्मी आयोग, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज ९एफडब्लुआईसीइ०ले मुम्बईस्थित एन एच रिलायंस अस्पतालविरुद्ध विरोध जनाएको छ ।
फेडरेशनले भिडियोलाई अनैतिक बताउँदै गौरवशाली तथा गरिमापूर्ण जीवन जिउनेहरुको अधिकार उल्लंघन गरेको बताएको छ । फेडरेशनका अध्यक्ष अशोक पन्डितले एक पत्र लेख्दै उक्त भिडियोको आपत्ति जनाएका छन् ।
उक्त पत्रमा उल्लेख गरिएको छ कि उक्त भिडियो ह्वाट्सएफको माध्यमबाट भाइरल भएको छ, जसमा आइसीयुमा बिरामीको साथमा एक नर्स देखिएकी छन् ।
उक्त भिडियो बिरामी र उनको परिवारको सदस्यको अनुमति बिनै लिइएको छ । यसका साथै पत्रमा उल्लेख गरिएको छ, ऋषि कपुरको भिडियो फुटेजबाट थाहा हुन्छ कि चिकित्सा पद्धतिको पालन गरिएको छैन भने यथार्थमा सम्झौता गरिएको छ । अस्पतालमा भएको यस घटनाको छानबिन गर्न माग गरिएको छ ।
यता अस्पतालले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति क्षमा माग्दै दोषीलाई कारवाही गरिने बताएको छ । अभिनेता ऋषि कपुरको बिहिबार बिहान निधन भएको थियो । त्सपछि उनको अन्तिम क्षणको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस