बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्दो

भैरहवा, २० वैशाख /प्रदेश नं ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम वढी थियो । गत आर्थिक वर्ष २०७५-०७६ को चैतमा यस प्रदेशमा ८१ सवारी दुर्घटना हुँदा ५४ को मृत्यु, ८० गम्भीर घाइते र ६० सामान्य घाइते भएका थिए ।
चालु आव २०७६-०७७ को चैतमा ५२ सवारी दुर्घटना भएका छन् भने यसबाट २१ को मृत्यु, ५० गम्भीर घाइते र १३ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसूदन लुइँटेलले जानकारी दिनुभयो ।
गत आवको २०७५-०७६ वैशाखमा ९० सवारी दुर्घटना हुँदा ५८ को मृत्यु, ६३ गम्भीर घाइते र ४३ सामान्य घाइते भएकामा । चालु आव २०७६-०७७ वैशाखको अहिलेसम्म २१ सवारी साधनमा चारको मृत्यु, सात गम्भीर घाइते र नौ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ । गत आव २०७५-०७६ वैशाखसम्मको १० महिनामा यस प्रदेशमा सवारी दुर्घटना ८६८ भएका थिए भने मृत्यु हुनेको सङ्ख्या ४९६ र गम्भीर घाइते ७८५ र सामान्य घाइते ५८६ भएकामा चालु आवमा २०७६-०७७ मा मृत्युदर केही घटेको छ । चालु आवको वैशाखसम्मको १० महिनामा सवारी दुर्घटना ८५८ भएकामा मृत्यृ हुने ३९२, गम्भीरर घाइते ८३४ र सामान्य घाइते ४३२ रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवल सूचना शाखाले जनाएको छ ।
बन्दाबन्दीसँगै प्रदेश नंं ५ मा ट्रक पाँच हजार ८१८, बस ८८७, जिपकार पाँच हजार २२१, ट्रयाक्टर १९, मोटरसाइकल दुई हजार ५३०, अटो दुई र अन्य एक गरी १४ हजार ४७८ मालवाहक तथा सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिएको छ । ती साधनमा ३६ हजार ९४३ मानिसले आवतजावत गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस