सुरक्षाकर्मीका लागि स्वास्थ्य सामाग्री र खाजा सहयोग
मुग्लिन,२० वैशाख /कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहनुभएका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ ।
चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप चेकपोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेकपोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीका लागि सो संस्थाले शुक्रबार स्यानिटाइजर, मास्क, पिउने पानी र चाउचाउ सहयोग गरेको हो ।
प्रत्येक चेकपोष्टलाई २० थान स्यानिटाइजर, १०० थान मास्क, पाँच कार्टुन पिउने पानी र दुई कार्टुन चाउचाउका दरले सहयोग गरेको विवेक अटोमोबाइल प्रालि गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोबाइल प्रालि पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामग्री तथा खाजा वितरण गरेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस