सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण
डोटी, २० वैशाख /कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ ।
सबै वडा मार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको थियो, हामीले कोरोनाबाट बच्ने विधि अपनाएर भत्ता दिन शुरु गरेका छौँ ।” लकडाउनका कारण घरखर्च चलाउन समेत आइपरेको समस्यालाई अन्त्य गर्न घर घरमै पुगेर भत्ता वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
भत्ता पाएपछि सेवाग्राही खुशी छन् । नगरपालिकाले वडा नं ७ को रातुली र पाकरीबाट भत्ता दिन शुरु गरेको छ । नगरभरिमा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक सो भत्ता पाउँदै आएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस