रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन

कञ्चनपुर, २० वैशाख /कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।
क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न नौवटै स्थानीय तहले क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए । नौ स्थानीय तहमध्ये चार स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ ।
छ स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका नौ स्थानीय तहमा ५४० श्यया क्वारेन्टाइनको सङ्ख्या रहेको छ । जसमध्ये पुर्नवास नगरपालिकाले सञ्चालन गरेको ५० श्ययाको क्वारेन्टाइनमा १२, बेलौरी नगरपालिकाले सञ्चालन गरेको १०५ श्ययाको क्वारेन्टाइनमा ३६, लालझाडी गाउँपालिकाले सञ्चालन गरेको ८९ श्ययाको क्वारेन्टाइनमा १८ र बेलडाँडी गाँउपालिकाले सञ्चालन गरेको २३ श्ययाको क्वारेन्टाइनमा २० जनालाई राखिएको छ ।
भीमदत्त नगरपालिकामा १००, महाकाली नगरपालिकामा ५१, बेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२ र कृष्णपुर नगरपालिकामा ३६ क्वारेन्टाइन श्यया सङ्ख्या रहेको छ । भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुर्नवासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएको अधिकृत जोशीले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य गरी एक हजार ७१९ को आरडिटी परीक्षण गरिएको छ ।
आरडिटी परीक्षण गरिएकामध्ये दुईको रिपोर्ट पोजेटिभ आएकामा पिसीआर परीक्षणमा दुवैको नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बस्दै आएका २०५को स्वाब परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ आएकामा उपचारपछि रिपोर्ट पोजेटिभ आएका व्यक्ति पूर्णरुपमा स्वस्थ्य भई घर फिर्ता भएका छन् ।
कञ्चनपुरमा भारतलगायत अन्य मुलुकमा आएकाको सङ्ख्या भने पाँच हजार ७७६ रहेको छ । पिपिइको सङ्ख्या ४३९ रहेको छ । हालसम्म नौवटै स्थानीय तहका ज्याला मजदुरी गरी जीविन निर्वाह गर्ने २२ हजार ५६९ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस