उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक
२० वैशाख (रासस÷एएनआई) ः उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उहाँ शनिबार सार्वजनिक हुनुभएको हो । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाकाअनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक हुनुभएको थिएन ।
उहाँ दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी हुनुभएको थियो । यो बीचमा दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए । उहाँका आफ्ना हजुरबुवाको जम्मोत्सव समरोहमा उहाँको अनुपस्थितिलाई आधार मानेर उहाँलाई अस्वस्थ भएको दावी गरिएको थियो । उहाँको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाउनु भएको थियो । उहाँले किम आफ्नो मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिनुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस