निःशुल्क भोजनको व्यवस्था
कोभिड –१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आजदेखि लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ । समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रुपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले उक्त भोजनको प्रबन्ध गर्नुभएको हो ।
सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–१३ ले तीन हजार १०० लाई अहिलेसम्म राहत वितरण गरेको छ । वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको हो । वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको छ । सम्बन्धित घरधनीको घर नम्बर, नागरिकता नम्बर, सम्पर्क नम्बर, सिफारिसका साथै राहत लिनेको नागरिकता नम्बर अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस