निःशुल्क भोजनको व्यवस्था

कोभिड –१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आजदेखि लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ । समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रुपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले उक्त भोजनको प्रबन्ध गर्नुभएको हो ।
सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–१३ ले तीन हजार १०० लाई अहिलेसम्म राहत वितरण गरेको छ । वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको हो । वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको छ । सम्बन्धित घरधनीको घर नम्बर, नागरिकता नम्बर, सम्पर्क नम्बर, सिफारिसका साथै राहत लिनेको नागरिकता नम्बर अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस