बन्दाबन्दीले छेकेन चाउचाउ उत्पादनलाई
भद्रपुर, २० वैशाख /तयारी चाउचाउ उत्पादन गर्ने झापाको एकमात्र कम्पनी मनसा थाई फुड प्रालिले बन्दाबन्दीको अवस्थामा समेत उद्योग सञ्चालन भइरहेको जनाएको छ । दुई वर्षअघि रु ४० करोडको लगानीमा खोलिएको उद्योगमा सयभन्दा बढी कर्मचारी रहेका छन् । स्थानीय क्षेत्रका बासिन्दालाई रोजगारी प्रदान गरेको हुँदा बन्दाबन्दीमा समेत उद्योग सञ्चालन गर्न समस्या नभएको सञ्चालक बुद्धि घिमिरेले जानकारी दिनुभयो ।
उहाँले कच्चा पदार्थको अभावमा मागअनुसारको उत्पादन गर्न नसकेको बताउनुभयो । “काम गर्ने समय आधा घटाएका छौँ”, उहाँले भन्नुभयो, “दैनिक चार हजार ५०० कार्टुन मात्र उत्पादन गर्दैछौँ ।” उद्योगमा यसअघि १६ घण्टा काम हुने र उत्पादनसमेत दोब्बर हुँदै आएको थियो । मेचीनगर–१४ मा रहेको सो उद्योगका कामदारहरु मेचीनगर १३, १४ र भद्रपुर नगरपालिका–९ का बासिन्दा रहेका छन् । जसका कारण उनीहरु बन्दाबन्दीको समयमा समेत सजिलै उद्योगमा काम गर्न आइरहेका छन् । उनीहरुलाई उद्योगमा साबुन पानीले हात धुने व्यवस्थासहित सामाजिक दूरी कायम गरेर काम लगाउँदै आएको सञ्चालक घिमिरेले बताउनुभयो ।
उद्योगमा काम गर्ने कर्मचारीले स्थापनाकालदेखि नै हातमा पञ्जा, मास्क र गाउन लगाउँदै आएको उहाँको भनाइ छ । यस उद्योगले मगमग, अकबरे, रेलीमाई, प्यारीलगायत ब्राण्डका चाउचाउ उत्पादन गरी देशभर बिक्री वितरणका लागि पठाइरहेको सञ्चालक घिमिरेको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस