जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
कैलाली, २० वैशाख / गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीयf युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । त्यस्तै सोही घटनामा प्रहरीसँग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुससहित वडा नं ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस