पोर्चुगलको फारोमा नेपालीको निधन
पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए । लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस