हिङ्कु पहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो

पोखरा, २० वैशाख \ अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरामा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौँ पठाइएको छ । गत माघ ३ गते पदयात्राका क्रममा हिमपहिरामा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव शुक्रबार नेपाली सेनाको पोखरास्थित नेपाली सेनाको सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो । शुक्रबार फेला परे पनि मौसमको प्रतिकूलताका कारण शव आज मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । पोखराबाट शव आजै काठमाडौँ पठाइएको पर्यटक प्रहरीले जनाएको छ । पहिरामा हराएकामध्ये अन्य दुई जना नेपाली पर्यटक गाइड र तीन जना कोरियन नागरिकको शव यसअघि नै फेला परिसकेको ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस