मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

वैशाख २१, आइतबार।
बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् । कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह.६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प.७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए । साँग्रिला डेभलपमेन्ट बंैक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस