मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
वैशाख २१, आइतबार।
बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् । कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह.६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प.७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए । साँग्रिला डेभलपमेन्ट बंैक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस