मायादेवी मन्दिरमा दैनिक पूजा
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक सन्ध्याकालीन दीप प्रज्वलन गरी पूजाआजा गर्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । विश्वशान्तिको कामना गर्दै भिक्षुहरुले सिद्धार्थ गौतमकी माता मायादेवी मन्दिर तथा विहारमा दैनिक पूजाआजा र ध्यान गरिरहेको विकास कोषका कर्मचारी चन्द्र पाठकले जानकारी दिनुभयो । बन्दाबन्दीका समयमा बाहिरबाट भिक्षु तथा बुद्धधर्मका अनुयायी लुम्बिनी जान नपाए पनि लुम्बिनीमै बस्ने भिक्षुले दैनिक पूजा गर्ने व्यवस्था गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । आन्तरिक र बाह्य गरी वार्षिक १२ देखि १५ लाखसम्म पर्यटक आउने लुम्बिनीमा बन्दाबन्दी शुरुभएसँगै पर्यटक आगमन शून्य छ । ––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस