मायादेवी मन्दिरमा दैनिक पूजा

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक सन्ध्याकालीन दीप प्रज्वलन गरी पूजाआजा गर्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । विश्वशान्तिको कामना गर्दै भिक्षुहरुले सिद्धार्थ गौतमकी माता मायादेवी मन्दिर तथा विहारमा दैनिक पूजाआजा र ध्यान गरिरहेको विकास कोषका कर्मचारी चन्द्र पाठकले जानकारी दिनुभयो । बन्दाबन्दीका समयमा बाहिरबाट भिक्षु तथा बुद्धधर्मका अनुयायी लुम्बिनी जान नपाए पनि लुम्बिनीमै बस्ने भिक्षुले दैनिक पूजा गर्ने व्यवस्था गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । आन्तरिक र बाह्य गरी वार्षिक १२ देखि १५ लाखसम्म पर्यटक आउने लुम्बिनीमा बन्दाबन्दी शुरुभएसँगै पर्यटक आगमन शून्य छ । ––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस