प्युठानमा तीन हजार परिवारलाई राहत
झिमरुक, २१ वैशाख /प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारले राहत पाएका छन् । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले थालेको लकडाउनबाट प्रभावित परिवारलाई स्थानीय पालिकाले अहिले पहिलो चरणको राहतस्वरुप खाद्य पदार्थ वितरण गरेका छन् ।
प्युठान नगरपालिका र माण्डवी गाउँपलिकाले दोस्रो चरणमा राहत वितरण गर्नका लागि लगत संकलन गरिरहेका छन् । प्युठानले मजदूर तथा विपन्न परिवारका लागि रु पाँच लाखभन्दा बढी रकमको खाद्य पदार्थ मौज्दात राखेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस