प्युठानमा तीन हजार परिवारलाई राहत

झिमरुक, २१ वैशाख /प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारले राहत पाएका छन् । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले थालेको लकडाउनबाट प्रभावित परिवारलाई स्थानीय पालिकाले अहिले पहिलो चरणको राहतस्वरुप खाद्य पदार्थ वितरण गरेका छन् ।
प्युठान नगरपालिका र माण्डवी गाउँपलिकाले दोस्रो चरणमा राहत वितरण गर्नका लागि लगत संकलन गरिरहेका छन् । प्युठानले मजदूर तथा विपन्न परिवारका लागि रु पाँच लाखभन्दा बढी रकमको खाद्य पदार्थ मौज्दात राखेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस