२० को स्वाब परीक्षण, १६ को रिपोर्ट नेगेटिभ
दमौली, २१ वैशाख / कोभिड–१९ को आशङ्कामा तनहुँ जिल्लाका २० जनाको स्वाब परीक्षण गरिएको छ । जिल्लाका विभिन्न ठाउँका सात महिला र १३ पुरुषको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तीमध्ये व्यास नगरपालिकाका ११, म्याग्दे गाउँपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक, ऋषिङका तीन र भीमाद नगरपालिकाका तीन रहेका छन् । स्वाब परीक्षण गरिएकामध्ये १६ को रिपोर्ट नेगेटिभ आएको छ भने चार जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । शङ्कास्पद व्यक्तिको स्वाब परीक्षणका लागि दमौलीस्थित दमौली अस्पतालमा र शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा नमूना सङ्कलनको व्यवस्था मिलाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस