दुई कोरियाको सीमा क्षेत्रमा गोली चल्यो
सियोल, २१ वैशाख /उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए ।
जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको उनीहरुको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो । सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस