दुई कोरियाको सीमा क्षेत्रमा गोली चल्यो

सियोल, २१ वैशाख /उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए ।
जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको उनीहरुको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो । सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस