सर्पको डसाइबाट निधन

लुम्बिनी, २१ वैशाख \ विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उहाँको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो । रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राजनीतिक गतिविधिमा क्रियाशील थारुको योगदान उल्लेखनीय रहेको नेकपा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक हितराज पन्थीले बताउनुभयो । उहांँको अन्तिम दाहसंस्कार आजै भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस