कारागारमा कोरोना भाइरसको उच्च सतर्कता
दाङ, २१ वैशाख / कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दाङका दुवै कारागारमा उच्च सर्तकता अपनाइएको छ । त्ुालसीपुर र घोराही कारागारमा उच्चसर्तकता अपनाइएको सम्बन्धित कारागारले जनाएका छन् । कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी तुलसीपुर कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर युवराज परियारले बताउनुभयो ।
उहाँका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको र कारागारमा पठाइने कैदीबन्दीलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ । उहाँले कैदीबन्दीलाई सेनिटाइजर र मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभयो । जेलर परियारका अनुसार लडकाउन अवधिमा तुलसीपुर कारागारमा तीन पुरुष र एक महिला गरी चार बन्दी (थनुवा) र एक आश्रित (बालक ) थपिएका छन् । यससँगै हाल त्यहाँ ४६६ जना कैदीबन्दी छन् । तीमध्ये ४२९ पुरुषm ३३ महिला र चार आश्रित बालबालिका छन् ।
घोराही कारागारमा पनि कोरोनाको संक्रमणबाट जोगिनका लागि उच्च सर्र्तकता अपनाइएको छ । त्यहाँ सात जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । कारागारमा थपिने कैदीबन्दी तथा कारागारमा रहेकालाई पनि समस्या देखिएमा त्यहाँ राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको हो ।
“शुरुमा क्वारेन्टाइनमा १४ दिनसम्म राख्छौँ, त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र कारागार चलान गर्छाँै”, जेलर पाण्डेले भन्नुभयो । उहाँका अनुसार बन्दाबन्दी शुरु भएदेखि कारागारमा कैदीबन्दीसँंग आफन्तको भेटघाटलाई पूर्ण रोक लगाइएको छ । घोराही कारागारमा बन्दाबन्दीको शुरु भएदेखि हालसम्म सात बन्दी थपिएका छन् । ती थपिएकासँंगै हाल सो कारागारमा २७६ कैदीबन्दी छन् । कारागारको क्षमता भने सत्तरी जना मात्र छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस