अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद

कपिलवस्तु, २१ वैशाख /महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गए राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको रु एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती औषधि छाडेर भागेको स्थानीयवासी रामेश यादवले बताउनुभयो । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले आज उक्त स्थानमा पुगेर स्थानीयवासीसँग जानकारी लिई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।
दुई देशबीच सीमा बन्द भएको अवस्थाको फाइदा उठाएर औषधि अवैध रुपमा भित्र्याउन खोजिएको महाराजगञ्ज –७ का वडाध्यक्ष अब्दुल समाद मुसलमानले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस