अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद
कपिलवस्तु, २१ वैशाख /महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गए राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको रु एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती औषधि छाडेर भागेको स्थानीयवासी रामेश यादवले बताउनुभयो । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले आज उक्त स्थानमा पुगेर स्थानीयवासीसँग जानकारी लिई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।
दुई देशबीच सीमा बन्द भएको अवस्थाको फाइदा उठाएर औषधि अवैध रुपमा भित्र्याउन खोजिएको महाराजगञ्ज –७ का वडाध्यक्ष अब्दुल समाद मुसलमानले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस