ग्यास सिलिन्डर पड्किँदा दुई बालक घाइते

दमौली, २१ वैशाख /आँबुखैरेनी गाउँपालिका–१ सत्र सयमा आज बिहान ग्यास सिलिन्डर पड्किएर दुई बालक घाइते भएका छन् । घाइते हुनेमा ११ वर्षीय विवेक विक र सात वर्षीय सरगम विक रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुवैको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । घरमा दुई बालक मात्रै रहेको र के गर्दा ग्यास सिलिन्डर पड्कियो भन्ने थाहा हुन नसकेको सुवेदीले बताउनुभयो । “घटनास्थल हेर्दा ग्यास लिक भएर आगलागी भएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “घरभित्रको पर्खालमा पनि क्षति पुगेको छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस