ग्यास सिलिन्डर पड्किँदा दुई बालक घाइते
दमौली, २१ वैशाख /आँबुखैरेनी गाउँपालिका–१ सत्र सयमा आज बिहान ग्यास सिलिन्डर पड्किएर दुई बालक घाइते भएका छन् । घाइते हुनेमा ११ वर्षीय विवेक विक र सात वर्षीय सरगम विक रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुवैको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । घरमा दुई बालक मात्रै रहेको र के गर्दा ग्यास सिलिन्डर पड्कियो भन्ने थाहा हुन नसकेको सुवेदीले बताउनुभयो । “घटनास्थल हेर्दा ग्यास लिक भएर आगलागी भएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “घरभित्रको पर्खालमा पनि क्षति पुगेको छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस